पोखरा । कास्की जिल्ला क्रिकेट संघले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मंसिर २३ देखि २९ सम्म पोखरा रंगशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको क्रिकेट संघका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।
छनोट भएका खेलाडीमा विपीन खत्री (कप्तान), दिपेश खत्री, अभिषेक थापा, साहिल कार्की, अरुण अधिकारी, सुदीप पौडेल, अर्जुन कुमाल, कृष्ण पौडेल, अमृत गुरुङ, विश्व कार्की, रमेश बस्नेत (विकेट किपर), सुवास भण्डारी, नितेश गिरी र देव साह रहेका छन् ।
यसैगरी वैकल्पिक खेलाडीमा विकास क्षेत्री र तेजेन्द्र घर्तीमगर तथा टोली प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक चन्द्रकुमार गुरुङ रहेका छन् । संघका अध्यक्ष सिग्देलका अनुसार छनोट भएका खेलाडी आगामी पुस ३ देखि सुुरु हुने प्रादेशिक छनोट प्रतियोगिताका लागि पुस १ गतेदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । प्रदेश छनोटमा कास्कीसहित नवलपुर, तनहुँ र स्याङ्जाको टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
४ जिल्लाका खेलाडीबीचको प्रतिस्पर्धाबाट गण्डकी प्रदेशस्तरीय टोली छनोट गरी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेशको टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।
सांग्रिला क्लबस्तरीय क्रिकेटको च्याम्पियन
सांग्रिला क्रिकेट क्लब जिल्ला क्रिकेट संघले आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिताको विजेता बनेको छ । सोमबार पोखरा रंगशालामा भएको प्रतियोगितामा सांग्रिलाले माछापुच्छ«े क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको सांग्रिला क्रिकेट क्लबले ३५ दशमलव एक ओभर खेल्दै १ सय ४९ रन बनाएको थियो ।
जीतका लागि १ सय ५० रनको लक्ष्य पछ्याएको माछापुच्छ«ले १ सय २१ रन मात्र बनाउन सफल भएको थियो । प्रतियोगितामा सांग्रिला क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र राइजिङ पोखरा क्रिकेट क्लबसहित ६ टोलीले सहभागिता जनाएका थिए । रनसस