फेसबुकमा नेताहरुको कटाक्ष

गोकुल बानियाँ ÷ पोखरा ३० मंसिर । अघिपछि संस्थागत र ब्यक्तिगत कुनै पनि औपचारिक कार्यक्रम वा बिज्ञप्तीका पानामा भेटिने नेताहरुको अभिब्यक्ति अहिले फेसबुकका पेजमा छरपस्ट भएका छन् । सुचनाको संबाहकको गलितो माध्यमको रुपमा पछिल्लो समय स्थापित सामाजिक सञ्जाल फेसबुक राजनितिज्ञको कटाक्ष स्थलको रुपमा देखिएको छ ।
bhattrai vs pokhrelघर भित्रै बसी बसी राजनितिक घटनाक्रमका बारेमा टिकाटिप्पणी गर्ने क्रम नेताहरुको दिनाचार्य जस्तै बनेको छ । दिउसो कुनै दल वगा नेतासंग भएका औपचारिक, अनौपचारिक कुराकानी देखि पार्टीगत असन्तुष्टीलाई बेलुका घरमा पुगी फेसबुकको वालमा पोख्दा त्यसले नेपाली सञ्चार माध्यममा गतिलै स्थान समेत पाउने गरेका छन् । चुनाब जितेपछि नेता, कार्यकर्ता र मतदाता प्रति आभारी जनाउन अनि दिनहु बिकसित राजनितिक घटनाक्रमबारेका टिकाटिप्पणी नेताहरुको फेसबुक पेजमा प्रशस्तै भेटिन्छन् ।
सरकारको नेतृत्वमा छदादेखि सामाजिक सञ्जालको प्रयोग थालेका एकिकृत माओबादीका नेता बाबुराम भट्टराई यो मामिलामा सबैभन्दा अघि देखिन्छन् । त्यसपछि कांग्रेसका प्रभाबशाली युवा नेता गगन थापादेखि एमाले सचिब शंकर पोखरेलले पनि फेसबुकको भरपुर उपयोग गरिरहेका छन् । एउटा नेताले बिकसित राजनितिक घटनाक्रमका बारेमा फेसबुकको भित्ता भर्ने बित्तिकै अर्को पार्टीका नेताले त्यसको प्रतिबाद आफ्नो भित्तामा दिन छुटाउदैनन् । नेताको सामाजिक सञ्चालमा आएका अभिब्यक्ति राजनितिक दलका बैठकको एजेण्डा समेत बन्ने गरेको  एक नेताले बताएका छन् ।
पछिल्लो समय डा. बाबुृराम भट्टराईले दिएको अभिब्यक्तिको फेसबुके जवाफ आज एमाले सचिब शंकर पोखरेलले फर्काएका छन् । संकटकाल लगाएर संविधानसभाको म्याद थप्न नसक्नु आफ्नो जीवनकै ठूलो गल्ती भएको भएको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईको टिप्पणीको जवाफ दिदै पोखरेलले बाबुराम भट्टराइले केही तथ्य लुकाएको आरोप लगाएका छन् ।  ‘ आत्मसमिक्षा गरिरहँदा पनि भट्टराईजी अझै खुल्न सक्नु भएको छैन । उहाँले त्यतिबेलाका केही तथ्यहरुलुकाउन खोज्नु भएको छ’ पोखरेलले चार उदाहरण दिँदै भनेका छन् ।
पहिलो, संकटकाल लगाउन प्रतिपक्षले रोकेको होइन । वावुरामजी आफैले प्रतिपक्षलाई छलफलगर्न वोलाएर प्रतिक्षा समेत नगरी पार्टीको वा अरु कसैको निर्देशनमा समय सकिनु अगावै विघटनका दिशामा अघि वढ्नु भएको थियो । कम्तिमा मन्त्रीपरिषदको वैठकमा एमाले महासचिवले राखेको प्रस्तावको संझना हुनु पर्ने हो पोखरेलले भनेका छन् ।
दोस्रो, जनताको आशा र अपेक्षा पुरागर्नका लागि पार्टी भित्र र वाहिको आधार कस्तो छ भनेर विश्लेषण गर्ने जिम्मेवारी पनि ततपाईको नै हो नि हैन र रु तपाई प्रधानमन्त्रीको उमेद्वार भइरहदा संसदमा मैले राखेको कुरा सम्झना गरेको भए आज यो पिडापोख्नुपर्ने थिएन । त्यतिवेला मैले भनेको थिएँ जुन समिकरणको जगमा तपाई प्रधानमन्त्री वन्दै हुनुहुन्छ सफल हुनेसम्भावना छैन, कृपया जनताका सपनाको अवसान हुने वाटो नहिड्नु होस् ।
तेस्रो, संविधान निर्माणका सन्दर्भमा प्रमुख पार्टीहरुका बीचमा भएको सहमतिका पक्षमा तपाई आफै पनि उभिन सक्नु भएन। तपाई उभिएको भए सायद संविधानसभावाटै संविधान जारी हुन पनि त सक्दथ्यो कि । तर तपाई आफै त्यसप्रति उदासिनहुनु भयो । सत्तामा रहिरहने लोभवाट पनि ग्रस्त देखिनु भयो । यदि तपाई संविधान निर्माणको बाटोमा दृढतापूर्वक उभिएकोभए संकटकाको अलोकप्रिय वाटोमा जानु पर्दैनथ्यो ।
चौथो, जेठ १४ गतेको वालुवाटरमा वसेको प्रमुख दलहरुको वैठकलाई सफल वनाउने सन्दर्भमा पनि तपाईवाट कुनै ठोस पहलर सकारात्मक भूमिका देखिएन । त्यतिवेला संविधान निर्माणका सन्दर्भमा कांग्रेस र एमालेसंगको सम्वादमा भन्दा पार्टीहरुभित्रको आन्तरिक विवादमा खेल्न तथा ककस र अन्तराष्ट्यि शक्ति र समुदायको परार्मशमा जोड दिनु भयो । भट्टराईले हालै फेसबुकमा विपक्षीका अतिरिक्त आफ्नै नेता र सहकर्मीको दबावका कारण संकटकाल लगाएर संविधानसभाको म्याद नसकेको बताएका थिए ।

कमेन्टहरु
Loading...