पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट निधन भएको हो ।
कोरोनाबाट पोखरामा पछिल्लो पटक ज्यान गुमाउनेमा तनहुँका १ जना रहेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।
उनलाई मंसिर २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ८४ पुगेको छ ।