आफैं चढेको बसले किच्दा ज्यान गयो

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुंगमा आफैं चढेको बसले किचेर १ जनाको ज्यान गएको छ ।

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिएका छन् ।

टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनको भनाई छ । सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैं चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिएका छन् ।

मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उनले बताए । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । रासस

कमेन्टहरु
Loading...