काेन सामुदायिक बचत तथा ऋण सहकारीको अध्यक्षमा बस्नेत

काेन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पाेखरा-१३ कास्कीकाे २२ औं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

साधारणसभाबाट संस्थाकाे आगामी ४ बर्षिय कार्यकालका लागि अध्यक्षमा तिर्थ बहादुर बस्नेत, उपाध्यक्षमा माधव प्रसाद सिग्देल, सचिवमा शान्त कुमार श्रेष्ठ , काेषाध्यक्षमा जय प्रसाद सापकाेटा, सह सचिवमा सुरेन्द्र प्रसाद सिग्देल, सदस्यहरूमा शारदा पराजुली , केदार राज सिग्देल, खड्क बहादुर गुरूङ (खुसिमान) र जसुदा गुरूङका निर्वाचित भएका छन् ।

लेखा सुपरिवेक्षण समिति संयाेजकमा ज्ञानेन्द्र प्रसाद सिग्देल र सदस्यहरूमा बजिरमान श्रेष्ठ र ईन्द्रप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

अधिबक्ता दयाराम गाैतमकाे संयोजकत्वमा सदस्य गाेविन्द प्रसाद सिग्देल र अपिल काेईरालाकाे निर्वाचन उपसमितिले सपथ ग्रहण सहित निर्वाचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

संस्थाका सल्लाहकारहरू श्याम शर्मा , नारायण पराजुली लगाएतद्वारा शुभकामना ब्यक्त गरिएकाे थियाे ।

संस्थाकाे आर्थिक प्रस्तुति, प्राप्त सुझाबहरू तथा नियमक निकायद्वारा जारी निर्देशनका बारेमा संस्थाका महाप्रबन्धक अपिल काेइरालाले प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...