भण्डै दुई करोड संकलन गर्दै महायज्ञ सम्पन्न

पोखरा, २९ मंसिर/रष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा पोखरा रंगशालामा जारी श्रीमद् भागवत धन धान्याञ्चल विराट ज्ञान महायज्ञ अपेक्षा गरिए भन्दा धेरै श्रद्धालु भक्तजन र दानविरको सहभागिता सहित शनिबार सम्पन्न भएको छ । महायज्ञ समापन समारोहमा बोल्दै समापन समारोहका प्रमुख अतिथि समाजसेवी महाप्रसाद सुवेदीले भागवत भाष्कर युवा पण्डित गौतमको परिकल्पनामा स्थापित संस्था परोपकार महासंघले थालेको अभियान साँचैनै अनुकरणीय भएको वताए ।

उनले मानव भएर जन्मेपछि केही गर्नुपर्छ भन्ने सन्देश युवा पण्डितले दिन सफल भएको उल्लेख गरे । प्रत्यक मानिसमा एउटा न एउटा खुवि हुने भन्दै उनले आफ्नो खुवि चिनेर अगाडि बढ्ने मानिस सफल हुने धारणा राखे । कार्यक्रममा बोल्दै परोपकार महासंघका अध्यक्ष एवं परिकल्पनाकार भागवत भाष्कर युवा पण्डित गौतमले आँफुहरु सवैको सहकार्यमा समाज कल्याणमा सधैं लागि रहने वताए । उनले आँफुहरुले चलाएको अभियान सवैको अभियान भएको उल्लेख गरे ।

श्रदालु भक्तजन र दानविरहरुको अपार सहभागिता मा सम्पन्न भएको महायज्ञमा यज्ञ स्थलमा नै झण्डै दुई कारोड दान रकम संकलन भएको कोषाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् । महायज्ञमा भएको सम्पुर्ण खर्च र आम्दानीको विवरण पछाडि जानकारी गराउने उनले उल्लेख गरे । उनका अनुसार महासंघका ४५ जिल्लामा रहेका साखाहरुमा समेत दान रकम प्राप्त भइरहेका र त्यसको एकिन विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

महायज्ञ मुल समारोह समितिका संयोजक भक्तराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा परोपकार महासंघका केन्द्रिय उपाध्यक्ष ललित बहादुर भण्डारीले स्वागत गरेका थिए भने जिल्ला अध्यक्ष ललित बहादुर कुँवर, पोखरा उपमहानगर पालिका १ वडा महिला इकाई समिति अध्यक्ष भगवती पन्तले बोलेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन महासचिव मोहन बहादुर भण्डारीले गरेका थिए ।
बालआश्रम, गुरुकुल आश्रमको क्षमता वृद्धि,गौरक्षा ,अध्यात्मिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग, महासंघले सञ्चालन गरेको वैदिक गुरुकुल आश्रमको विकास गर्न यज्ञ खर्चवाट शेष रहेको रकम क्षीरसागर अक्षयकोष स्थापना गर्ने,े नारायणी धाम गङगेश्वर महादेव मन्दिर निर्माण कार्य अगाडि बढाउने र परम्परागत मान्यता,सीप र श्रोतको पहिचान स्थापित गर्न सहयोग पु¥याउने उधेश्यले महायज्ञ लगाइएको थियो ।

महासंघका अध्यक्ष भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम स्वयमले कथा बाचन गरेको सो महायज्ञ उनी आँफैले लगाएको १०८औं महायज्ञ हो । महायज्ञ आसा गरे भन्दा बढि सफल भएकोे प्रचार प्रसार उपसमिति संयोजक तिलक थापाले जानकारी दिएका छन् । महायज्ञमा समापनको दिन पनि श्रद्धालु भक्तजन संगै दानविरहरुको ओइरोनै लागेको थियो ।

कमेन्टहरु
Loading...