पोखराका ८ तथा रुपाका १ सहित कास्कीमा थप ९ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीका थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा ८ का ३१ र ४३ वर्षीय २ जना पुरुष, १२ की ६६ वर्षीय १ जना महिला, १५ की ४८ वर्षीय १ जना महिला, १६ की ३० वर्षीय १ जना महिला तथा पोखरा १७ का २४ र २८ वर्षीय २ जना महिला र ६६ वर्षीय १ जना पुरुष सहित ३ जना रहेका छन् ।

त्यस्तै रुपा गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ६ का १७ वर्षीय किशोरलाई संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशका अन्य जिल्लाहरु लमजुङमा ८ जना, स्याङ्जामा ३ जना, गोरखामा २ जना तथा म्याग्दीमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार १ सय २ पुगेको छ ।

कमेन्टहरु
Loading...