पोखरामा ३४ सहित प्रदेशमा थपिए ५५ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका ५ जिल्लामा थप ५५ जनामा कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार थपिएका कोरोना संक्रमिमध्ये ३४ जना कास्की जिल्ला पोखरा महानगरपालिकाका रहेका छन् ।

त्यस्तै बागलुङमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । यता तनहुँमा पनि थप २ जनालाई संक्रमण पुष्टि भएको छ । लमजुङ सुन्दर बजारमा थप ११ जना कोरोना संक्तमित थपिएका छन् भने यता नवलपरासी पूर्वमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९९९ पुगेको छ ।

कमेन्टहरु
Loading...