पोखरा । पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा १ का ७५ वर्षीय १ जना वृद्ध, ३ का २४ र ४५ वर्षीय २ जना महिला तथा ५२ वर्षीय १ जना पुरुष सहित ३ जना, ५ का ३८ वर्षीय १ जना पुरुष, ८ की ८५ वर्षीय १ जना वृद्धा, ९ का ५० वर्षीय १ जना पुरुष, १३ का ५० वर्षीय १ जना पुरुष, १४ की ६४ वर्षीय १ जना महिला तथा २९ वर्षीय १ जना पुरुष सहित २ जना र पोखरा १७ का ४६ वर्षीय १ जना पुरुष रहेका छन् ।
यससंगै यो समाचार तयार पार्दासम्म कास्कीमा पोखरामा ६६ तथा माछापुच्छ«े गाउँपालिकामा ३ सहित ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ६५ वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ९ सय ६५ पुगेको छ ।