पोखरामा थप ३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ कयेर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा १ का ८४ वर्षीय १ जना महिला तथा २ की २४ वर्षीय १ जना महिला रहेकी छिन् ।

पोखरा महानगरपालिका वडा नम्बर ४ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६७ वर्षीय १ जना महिला सहित ४२ र ६० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु ३८ वर्षीय १ जना पुरुष तथा २७ र ३७ वर्षीय २१ जना महिला रहेका छन् ।

पोखरा ७ मा ५२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१ वर्षीय १ जना महिला तथा २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५९, ६० र ८४ वर्षीय ३ जना महिला तथा ५६, ५९ र ६० वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १२ नम्बर वडाका २९ वर्षीय १ जना पुरुष तथा १३ नम्बर वडाकी ५६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १४ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २६ र ५५ वर्षीय २ जना महिला तथा ४६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १६ मा २३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २५ र ८६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१९ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३४ र ५३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ र ६० वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा ३२ का २ जनालाई कोरोना भाइर।स संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ र ४५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस अगाडि पनि स्वास्थ्य निर्देशनालय उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा २४ तथा माछापुच्छ«े गाउँपालिकामा ३ जना सहित कास्कीमा २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ५५ तथा माचापुच्छ«े गाउँपालिकामा ३ सहित कास्कीमा ५८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै अन्य जिल्लाहरु गोरखामा १ जना, लमजुङमा १ जना तथा नतहुँमा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ९ सय ५३ पुगेको छ ।

कमेन्टहरु
Loading...