पोखरामा २४ र माछापुच्छ«ेमा ३ सहित कास्कीमा थप २७ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाको माछापुच्छ«े गाउँपालिकामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४३ वर्षीय १ जना महिला तथा ४२ र ४९ वर्षीय २ जना पुरुष रहेका छन् । सो गाउँपालिकाका संक्रमितहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १ का ४० वर्षीय १ जना पुरुष, ४ का ३३ वर्षीय १ जना पुरुष, ५ का ३५ वर्षीय १ जना पुरुष, ८ का २९ वर्षीय १ जना पुरुष, ९ की ३६ वर्षीय १ जना महिला तथा वडा नम्बर १० का ५४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ११ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २०, ५८ र ८५ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १३ नम्बर वडाकी ४९ वर्षीय १ जना महिला, १५ नम्बर वडाका ३२ वर्षीय १ जना पुरुष तथा १६ नम्बर वडाकी ४४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडामा २६, ३४ र ३६ वर्षीय ३ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १८ का २३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२५ नम्बर वडामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ वर्षीय १ जना महिला सहित ११ वर्षीय १ जना बालक तथा २५ र ५० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय १ जना बालिका सहित ३८ वर्षीय १ जना महिला र १७ वर्षीय १ जना किशोरलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा ३२ का ३१ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

यता गण्डकी प्रदेशका अन्य जिल्ला लमजुङमा ५ जना, म्याग्दीमा २ जना, स्याङ्जामा १ जना तथा तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ९ सय १६ पुगेको छ ।

कमेन्टहरु
Loading...