पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो पटक ज्यान गुमाउनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ का ७७ वर्षीय पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मंगलबार राति सवा १ बजे निधन भएको हो । उनलाई मंसिर २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ७३ पुगेको छ ।