पोखरा । यामाहाले पोखराको नवप्रभात माविलाई स्कुलका भुपू विद्यर्थीहरुद्वारा सञ्चालित ‘नवप्रभात खाजा कोष’ का लागि नगद १ लाख सहयोग प्रदान गरेको छ । पोखराको नयाँबजारमा रहेको उक्त स्कुललाई यामाहा भिएडब्लु इन्टरप्राइजेज प्रलिका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले मंगलबार आयोजित एक कार्यक्रममा स्कुलका लागि नगद १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै निर्देशक श्रेष्ठले विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । आगामी दिनहरुमा समेत कम्पनीले विद्यालय जस्तो पवित्र स्थानमा सहयोग प्रदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । विद्यालयले देशको भविष्य बनाउने बताउँदै उनले शिक्षा क्षेत्रमा सहयोग गर्न पाउनु आफ्नो र कम्पनीका लागि सौभाग्य भएको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मरासिनीले कुनै पनि बाहनामा विद्याथीहरु पढ्न पाउने अधिकारबाट बञ्चित हुन नहुने बताए । आर्थिक अभाव तथा खाजा खान नपाएर उनीहरुले विद्यालय आउन छोड्नुपर्ने अवस्थाबाट गुज्रिनु नपरोस् भन्ने हेतुले भुपू विद्यार्थीहरुको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिकी पदेन सदस्य राममाया मानन्धर लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।