सृजनाको सम्मान

पोखरा, २९ मंसिर /सृजना विकास केन्द्र तथा सृजना बैकिङ्ग कार्यक्रमको शाखा स्तरीय वार्षिक समिक्षामा कर्मचारी र उत्कृष्टलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा शाखाका मुख्य व्यवस्थापक रिसिकेस भट्टले सृजनाको लघु वितका कारण महिलाहरुको आर्यआर्जनको बाटो बनेको बताए । उनले सानो लगानी पनि नभएर बेरोजगार बनेका महिलाहरुलाई लघु वितले सहयोग पु¥याएको बताए । कार्यक्रममा लघुवितका सफल उत्कृष्ट व्यवसायी सदस्य, उत्कृष्ट समुह प्रमुख र सस्यहरुका छोरा छोरी मध्यबाट उत्कृष्ट अकं ल्याइ एसएलसी पास हुन सफल चार जना विद्यार्थीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बर बहादुर केसी, टुरिजम विकास बैंक पोखराका शाखा प्रमुख उप्रेन्द्र दाहाल, संस्थाका अध्यक्ष रुद्रनाथ बराल लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...