पोखरामा थप ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार लाइफ केयर डाग्नोस्टि प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २५ वर्षीय १ जना महिला सहित ४७ र ४९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४९ वर्षीय १ जना महिला तथा ६३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ३ मा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ७० वर्षीय पुरुष हुन् ।

वडा नम्बर ५ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० र ४५ वर्षीय २ जना महिला सहित ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १० नम्बर वडामा २१ वर्षीय १ जना पुरुष तथा १ नम्बर वडामा ३९ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १२ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना महिला तथा ३५ र ८४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १३ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २०, ५१, ५४ र ५९ वर्षीय ४ जना महिला तथा ३० र ८३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २६ वर्षीय १ जना महिला तथा ३७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१६ नम्बर वडामा ७० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १७ वर्षीय १ जना किशोरी सहित ५५ र ६० वर्षीय जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १८ मा १८ वर्षीय १ जना पुरुष, १९ की ५९ वर्षीय १ जना महिला, २१ का ४५ वर्षीय १ जना पुरुष, २५ का ३२ वर्षीय १ जना पुरुष, २६ का २० वर्षीय १ जना पुरुष तथा पोखरा २९ की २० वर्षीय १ जना महिलालाई मसेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यता पोखरा महानगरपालिका वडा नम्बर ३२ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५४ वर्षीय १ जना महिला तथा ७७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरण अनुसार रुपाका १ तथा पोखराका २० सहित कास्कीमा २१ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ६१ तथा रुपा गाउँपालिकामा १ जना सहित कास्कीमा ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यता लमजुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको मस्यांङ्दी गाउँपालिका वडा नम्बर ७ का ३३ वर्षीय पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ८ सय ५४ पुगेको छ ।

कमेन्टहरु
Loading...