पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ३४ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो ४ बजे निधन भएको हो । उनलाई मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संखया १ सय ७२ पुगेको छ ।
यसैबीच कास्कीमा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कास्कीमा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लाको रुपा गाउँपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ७५ वर्षीय महिला हुन् । गाउँपालिका अन्तरगत उनी कति नम्बर वडाकी हुन् भन्ने खुलेको छैन ।
पोखरा महानगरपालिकामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु पोखरामा कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । संक्रमितहरु ४४ वर्षीय १ जना महिला तथा २० वर्षीय १ जना पुरुष रहेका छन् ।
६ नम्बर वडामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ मा ३१ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १२ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ५३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १३ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ र ३० वर्षीय २ जना महिला तथा ७२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१६ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४१ र २५ वर्षीय २ जना महिला तथा १६ वर्षीय १ जना किशोरलाई संक्तमण पुष्टि भएको हो ।
पोखरा १७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३, ४१ र ४५ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १९ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १९ र ५८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा ३० मा २६ वर्षीय, ३२ मा ३२ वर्षीय तथा ३३ मा ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासीमा ९ जना, तनहुँमा १ जना, बाग्लुङमा १ जना, स्याङ्जामा ४ जना तथा लमजुङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ८ सय १२ पुगेको छ ।