कुँडहर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विश्ववन्धु थापा

पोखरा । कुँडहर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विश्ववन्धु थापा चयन भएका छन् ।

संस्थाको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले आगामि तीन वर्षका लागि थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा शिवबहादुर थापा, सचिवमा सुरेन्द्र विनोद खनाल, कोषाध्यक्षमा शुक्रराज अधिकारी, सहसचिवमा दया बराल चयन भए ।

भने सदस्यमा आनन्दी राणा(कार्की), किशोरकुमार घिमिरे, दुर्गादत्त भुर्तेल, शान्तबहादुर थापा, गौतम थापा, देवकी रायमाझी चयन भए ।

सोही अवसरमा अवसरमा कर्मचारी रेनुका भुजेल र रेनुका कार्कीलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभाले राजेन्द्र वाग्लेको संयोजकत्वमा गुरुप्रसाद ज्ञवाली र वीरबहादुर थापा सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरेको छ।

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले कार्यक्रमको उद्धघाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य सङ्गिता गौतम तिमिल्सिना, सल्लाहकार निर्मलबहादुर थापा, लेखा सुररिवेक्षण समितिका संयोजक राजेन्द्र वाग्ले, कुँडहर समाज सेवा समितिका अध्यक्ष शान्तबहादुर थापा र शेयर सदस्य सुवेदार हर्कबहादुर गुरुङले आ-आफ्ना भनाइ राखेका थिए  ।

साधारणसभाले कार्यवाहक अध्यक्ष विश्वबन्धु थापा र कोषाध्यक्ष गोमाकुमारी थापा रायमाझीको प्रतिवेदन पारित गरेको थियो ।

कमेन्टहरु
Loading...