पोखरा । कास्कीमा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रमम कास्कीमा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लाको मादी गाउँपालिकामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका ७ र ९ वर्षीय २ जना बालिका सहित ३० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ । साथै सोही गाउँपालिकाका २७ वर्षीय १ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु सो गाउँपालिकाको कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
पोखरा महानगरपालिकाका ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २५ वर्षीय १ जना महिला सहित २७, ३३ र ५४ वर्षीय ३ जना पुरुष रहेका छन् । उनीहरु महानगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
त्यस्तै पश्चिमाञ्चल कम्युनिटी अस्पतालमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालकी ३० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
मिलिटरी अस्पताल पोखरामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २१, २२, ४३ र ४७ वर्षीय ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
ओम अस्पताल पोखरामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २६ र ६५ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा कै हरियोखर्क अस्पतालका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित १८ वर्षीय पुरुष हुन् ।
मणिपाल शिक्षण अस्पताल पोखरामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालमा ६८ वर्षीय १ जना महिला सहित २५ र ७३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
चरक मेमोरियल अस्पतालमा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालमा २० र ७६ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कास्कीको पोखरा महानगरपालिकामा यस अगाडि ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म ४९ जना पोखरा महानगरपालिका तथा ४ जना मादी गाउँपालिकाका सहित ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यता लमजुङका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ५२ वर्षीय पुरुष हुन् । उनको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
तनहुँमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबैको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्लाका ४२ वर्षीय पुरुषको पश्चिमाञ्चल कम्युनिटी अस्पताल, २३ वर्षीय महिलाको चरक मेमोरियल तथा ३५ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ७ सय ५० पुगेको छ ।