मणिपाल हस्पिटलमा पर्वतका कोरोना संक्रमितको निधन, पोखरामा थप ८ जनालाई संक्रमण पुष्टि

पोखरा । पोखराको मणिपाल हस्पिटलमा कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पर्वतको फलेवास नगरपालिकाका ३८ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति पौने १ बजे निधन भएको हो । उनलाई मंसिर १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ७१ पुगेको छ ।

यता पोखरामा फेरी ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु पोखरा ७ का २, १० का २, ११ तथा १२ का १/१ जना र वडा नम्बर १७ का २ जना रहेका छन् । यससंगै पोखरामा आज यो समाचार तयार पार्दासम्म ३२ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।

यस्तै पर्वत, स्याङ्जा तथा तनहुँमा १÷१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ७ सय २५ पुगेको छ ।

कमेन्टहरु
Loading...