पोखरामा २४ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज उपलब्ध गराएको पहिलो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५५ र ८६ वर्षीय २ जना महिला तथा ६३ र ८६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२ नम्बर वडामा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ४ मा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २५ वर्षीय पुरुष हुन् ।

वडा नम्बर ५ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय १ जना बालकलाई संक्रमण पुष्टि भएको हो ।

१० नम्बर वडामा १८ वर्षीय किशोरलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १३ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २५ र ३१ वर्षीय २ जना महिला सहित ५३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १५ मा ३६ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६, ३९ र ६६ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१७ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु १२ वर्षीय १ जना बालिका तथा ५९ वर्षीय १ जना महिला हुन् ।

पोखरा १८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५० वर्षीय १ जना महिला तथा ५१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १९ मा ३५ वर्षीय तथा २१ मा ३६ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अन्य जिल्ला स्याङ्जामा २ जना तथा तनहुँमा २ जनालाई संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ७ सय १४ पुगेको छ ।

कमेन्टहरु
Loading...