पोखरामा थप १ जनाको कोरोनाबाट निधन, ४ जना संक्रमित थपिए

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

कोरोनाबाट उपचारका क्रममा पोखरा महानगरपालिका वडा नम्बर १ का ७५ वर्षीय पुरुषको आज बिहान पौने ११ बजे गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । उनलाई मंसिर १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ७० पुगेको छ ।

यसैबीच पोखरामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु पोखरा १ का ४० वर्षीय पुरुष सहित १० का २८ वर्षीय १ जना महिला र २८ तथा ३२ वर्षीय २ जना महिला हुन् ।

यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा आज २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जामा १ तथा तनहुँमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ६ सय ३३ पुगेको छ ।

कमेन्टहरु
Loading...