पोखरा । पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५२ वर्षीय १ जना महिला तथा २६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
४ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९ र ६४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ६ मा ३६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ८ मा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमितहरु २ जना बालिका, ४ जना महिला तथा १ जना पुरुष हुन् । संक्रमितहरु ४ तथा १२ वर्षीय २ जना बालिका सहित २३, ४२, ८२ र ८८ वर्षीय ४ जना महिला रहेका छन् । त्यस्तै सोही वडामा ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ४२ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा १० की ३९ वर्षीय १ जना महिला, १२ की ३६ वर्षीय १ जना महिला तथा १३ का ५१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३८/३८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १७ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१, २४, २८ तथा ४३ वर्षीय ४ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वडा नम्बर २६ मा २८ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जामा १ जना, लमजुङमा १ जना तथा तनहुँ जिल्लामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ६ सय २५ पुगेको छ ।