पोखरा । कास्कीमा यो समाचार तयार पार्दासम्म थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित जिल्लाको माछापुच्छ«े गाउँपालिकाका १ जना रहेका छन् । गाउँपालिका अन्तरगत वडा नम्बर ४ का ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ३० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
२ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८ महिनाका १ जना बालक तथा ६० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ५ की ३३ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ६ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय बालकलाई संक्रमण पुष्टि भएको हो ।
१४ नम्बर वडाका ९० वर्षीय १ जना वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा १७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २७ वर्षीय १ जना महिला तथा २४ र ४८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १९ की ४१ वर्षीय १ जना महिलालाई कोरोना पुष्टि भएको छ ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २६ का २९ वर्षीय पुरुष तथा ३० की २४ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यस अगाडि पोखरामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म पोखरामा १६ तथा माछापुच्छे« गाउँपालिकामा १ सहितच कास्कीमा १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै पर्वतमा १ तथा तनहुँमा थप १ जनालाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ५ सय २६ पुगेको छ ।