पिएसजीले मेस्सीलाई भित्र्याउला ?

काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीले लियोनल मेस्सीलाई क्लब भित्र्याउन सकिने सम्भावनाहरुबारे सोचविचार गर्न थालेको छ ।

स्रोतहरुलाई उद्धृत गर्दै इएसपिएनले पिएसजीले मेस्सीलाई ल्याउन सकिने सम्भावनाबारे छलफल थालेको उल्लेख गरेको हो । मेस्सी गएको समरमै बार्सिलोना छोड्न चाहन्थे । उनले सो आयसको पत्र पनि बुझाएका थिए । तर सम्झौतामा रहेको व्यवस्थाका कारण उनी यो सिजन बार्सिलोनामै रहन बाध्य भएका हुन् ।

सिजनको अन्त्यसँगै मेस्सी बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुने छन् । उनी त्यसपति स्वतन्त्र मूल्यमा जुन कुनै क्लब जान पाउने छन् । हालै पिएसजीका नेइमारले आउँदो सिजन जसरी भए पनि मेस्सीसँग खेल्ने इच्छा रहेको र त्यो पूरा गर्नै पर्ने बताएका थिए ।

 

उनको त्यो भनाईपछि मेस्सी पिएसजीमा अनुबन्धित हुने सम्भावनाका खबर आउन थालेका हुन् । अहिले पिएसजीले पनि मेस्सीलाई ल्याउन सकिने विकल्पबारे छलफल सुरु गरेको खबर आएको छ ।

मेस्सीले सिजनको अन्त्यमा मात्रै क्लब छोड्न पाउने भए पनि जनवरी १ देखि नै जान चाहेको सम्भावित क्लबसँग छलफल गर्न पाउने छन् ।

कमेन्टहरु
Loading...