पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
कोरोना भाइरस संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर ८ की ६६ वर्षीय महिलाको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा आज निधन भएको हो । उनलाई मंसिर १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ६३ पुगेको छ ।
यसैबीच पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक तथ्यांक अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा ५ की ३३ वर्षीय १ जना महिला, ७ का ६२ वर्षीय १ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ९ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५३ वर्षीय १ जना महिला तथा २५ र ३७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
११ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २७ र ३८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १२ की २३ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १३ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
१५ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ११ वर्षीय १ जना बालिका, ४४ वर्षीय १ जना महिला तथा ११ वर्षीय १ जना बालकलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३४ वर्षीय १ जना महिला तथा ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा १८ की २२ वर्षीय महिला, १९ की २७ वर्षीय महिला, २५ का ४४ वर्षीय तथा २६ का ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८, २३, ३७ र ४५ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ३३ का ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा आज ५८ जनालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा अन्य जिल्ला बाग्लुङमा १ तथा म्याग्दीमा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ४ सय ६६ पुगेको छ ।