काठमाडौं । प्रा.डा. गोविन्द केसी कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
संक्रमणमुक्त भएसँगै त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसी बिहीबार साँझ डिस्चार्ज भएका छन्।
कात्तिक २७ गते स्वाब परीक्षणका गरेका उनीमा कात्तिक २८ गते संक्रमण पुष्टि भएको थियो ।
२१ दिनपछि डिस्चार्ज भएका केसीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।