लामिछानेको निर्देशनमा ‘तिमीलाई पर्खी बसे’

पोखरा । चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा पत्रकार सम्मलेन आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे” सार्वजनिक भएको हो ।

पोखराको सराङकोट र लेकसाइडमा छायांकन गरिएको म्युजिक भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय रहेको छ । श्याम शुक्ला फिल्म प्रोडक्सनबाट निर्माण भएको म्युजिक भिडियोका सिनेमेटोग्राफी सागरराज आचार्यले गरेका छन् । गीतलाई श्याम शुक्ला फिल्म प्रोडक्सनकै अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

कमेन्टहरु
Loading...