च्याम्पियन्स लिगमा बार्सिलोनाको अपराजित यात्रा कायम

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

सतप्रतिशत नतिजा कायम राखेको बार्सिलोनाले बुधबार भएको समूह ‘एच’ को खेलमा जितसंगै लगातार पाँचौँ जित निकालेको छ ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एकएक गोल गरे ।

१५ अंकसहित समूहको शीर्ष स्थानमा रहेको बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्ट्ससंग खेल्दैछ ।

कमेन्टहरु
Loading...