पोखरा । पोखरामा थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ७ मा २१ वर्षीय १ जना पुरुष, ८ का २४ वर्षीय १ जना पुरुष तथा वडा नम्बर ९ का ३४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य संक्रमित पोखरा १० का ७५ र ८० वर्षीय २ जना पुरुष, १४ का २४ वर्षीय १ जना महिला, १५ का ४८ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ वर्षीय १ जना महिला तथा ४५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१७ नम्बर वडामा ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १९, ३४ र ४९ वर्षीय ३ जना महिला तथा ३९ र ६३ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा १९ का ३२ वर्षीय १ जना २५ का २० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उलपब्ध गराएको अध्यावधिक विवरण अनुसार मादी गाउँपालिमा ७ तथा पोखरामा ७१ जना सहित कास्कीमा ७८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै कास्कीमा आज यो समाचार तयार पार्दासम्म ९४ जनालाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार १ सय ८० पुगेको छ ।