पोखरा । नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउनुपर्नेमा यथार्थतालाई बेवास्ता गरेको आरोप लगाउँदै आज गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाका सभापति मधुसुदन अधिकारी नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष गुरुङलाई बहुमतको दम्भ आफूहरुलाई मान्य नहुने, सम्बन्धित निकायको सल्लाहबिना हुँदै आइरहेको भौतिक तथा प्रशासनिक गतिविधिहरु रोक्नुपर्ने लगायका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाले कोरोनाका कारण गाउँमा उत्पन्न मानवीय, आर्थिक तथा स्वास्थ्य संकट र त्यसबाट सिर्जित अर्थतन्त्र र जीवन पद्धतिको सामना गर्न राजनैतिक दल, संघसंस्था लगायत आम नागरिकसंग समन्वय गरेर समाधार नगरिएको आरोप लगाएको छ । ‘विश्वब्यापी फैलिएको कोरोनाका कारण गाउापालिकामा उत्पन्न मानवीय, आर्थिक र स्वास्थ्य संकट र त्यसबाट सिर्जित कमजोर अर्थतन्त्र र असहज जीवन पद्धतिको सामना गर्न राजनैतिक दल, संघसंस्था लगायत आम नागरिकसंग समन्वय गरी समस्या समाधान गरिएको छैन ।’ सभापति अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।
नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाका सभापति अधिकारीले अध्यक्ष गुरुङलाई ज्ञापनपत्र बुझाउँदै लक्षणयुक्त तथा शंकास्पद व्यक्तिहरुको स्वाब संकलन पश्चात परीक्षणको व्यवस्था गर्न पनि माग गरेका छन् । त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापनका लागि गाउँसभाद्वारा विनियोजित रकमको कार्यान्वयन नभएको समेत आरोप लगाएका छन् । ‘गाउँपालिकाभित्र कोरोना रोकथामका लागि कन्ट्याक्ट ट्रेसिङको काम समेत सही ढंगले भएको छैन ।’ उनले भने ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष गुरुङले ज्ञापनपत्र बुझ्दै आफूहरुबाट भएको कमी कमजोरीलाई सुधारेर लैजाने बताएका छन् । गाउँपालिकाले सकेसम्म सबैको भावना बुझेर तथा सम्बन्धित निकाय, संघसंस्था, आम नागरिकसंगको सल्लाहपछि नै भौतिक तथा विकास निर्माणका कामहरु गर्ने उनले प्रतिबद्धता जनाए । नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाले बझाएको ज्ञापनपत्रलाई समग्र गाउँपालिकाको विकास तथा स्थानीयवासीको भलाईका लागि सकारात्मक भएको उनको भनाई थियो ।
यसरी आएको सुझावलाई स्वीकार गरे आगामी दिनमा आफूहरु अगाडि बढ्ने उनले बताएका छन् । समग्र गाउँपालिकाको विकासका लागि सबै राजनीतिक दलहरुसंगको सहकार्यमा अगाडि बढ्ने उनको भनाई थियो । समृद्धिका लागि सबैको सहकार्य तथा सुझाव आवश्यक रहेको उनको भनाई रहेको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा स्थानीय तह समन्वय विभाग केन्द्रीय सदस्य टेकनशोभा गुरुङ, युवा नेता मेख तामाङ, क्षेत्रीय सहसचिव राजाराम पौडेल, माछापुच्छ्रे गाउँपालिका १ देखि ९ सम्मका नेपाली कांग्रेसका इकाई सभापति, तरुण दल, महिला संघ, दलित संघ लगायतको प्रतिनिधिहरु सहभागी थिए । त्यस्तै नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाका सचिव राजेन्द्र क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।