कास्कीमा थप ३४ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कास्कीमा थप ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमिहरु १ जना मादी गाउँपालिका तथा अन्य पोखरा महानगरपालिकाका रहेका छन् ।

यस अगाडि पनि कास्कीमा ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म कास्कीमा ७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा ७ जना, म्याग्दीमा १ जना, पर्वतमा १ जना तथा स्याङ्जामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार १ सय ३८ पुगेको छ ।

 

कमेन्टहरु
Loading...