रुपामा १५ शैयाको अस्पताल शिलन्यास

पोखरा । रुपा गाउँपालिकामा १५ शैयाको  अस्पताल शिलन्यास गरिएको छ ।

सरकारको देशभर ३ सय ९६ स्थानिय तहमा ५/१०/१५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुरुप वडा नं ६ मा गाउँपालिका अध्यक्ष नवराज ओझाले अस्पताल शिलन्यास गरे ।

अध्यक्ष ओझाका अनुसार हाल पाँच शैयाका संचालनमा रहेको उक्त अस्पतालमा एक जना डाक्टर , ल्याब , भिडियो एक्सरे सेवा प्रबाह हुँदै आइरहेको छ ।

भने शैया थपिएपछि अस्पताल संचालनको लागि गाउँपालिकाले मेडिकल अफिसर एक जना, स्टाफ नर्स दुई जना, अ.हे.ब एक जना र अ.न.मी एक जना सेवा करारमा लिनका लागि सूचना समेत प्रकाशित गरिसकेको उनले जानकारी दिए ।

३ महिना भित्र अस्पतालमा एक्सरे, भिडियो एक्सरे लयागतका बहिरंग सेवाहरु प्रदान गर्नका लागि तिब्र रुपमा कार्यहरु भैरहेको छ । पार्किङ्ग चमेना गृह र फार्मेसिको लागि भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

कमेन्टहरु
Loading...