निर्वाचनको नतीजा नआउँदै लेडी जेसिजकी कमलाले आफैलाई अध्यक्ष घोषणा गरिन्

रिना थापा

पोखरा लेडी जेसिजको २७औं शाखा अधिवेशन तथा ३२औं साधारणसभामा निर्वाचन आयोगले निर्णय घोषणा नगर्दै कमला शर्माले अध्यक्ष पद जितेको स्वघोषणा गरेकी छिन् ।

 

शर्माले लेडिजकि वर्तमान सचिव गायत्री फुयाँलसँग प्रतिस्पर्धा गरेकी थिइन् । गत शनिबार निर्वाचन भएपनि हालसम्म नतीजा घोषणा नभएपछि शर्माले उक्त घोषणा गरेकी हुन् ।

 

शर्मले स्वयं परिणाम घोषणा गर्दा लेडी जेसिजले भने अधिवेशनको निर्णय सार्वजनिक नभइसकेको जनाएको छ । जेसिजकी वर्तमान अध्यक्ष शोभा भुजेलले अधिवेशनको निर्णय आइनसकेको बताएकी छिन् । उनले अधिवेशनका समय सदस्यबिच नै मिलेमतो हुननसकेपछि निर्वाचन आयोगले नतीजा स्थगित गरेको जानकारी दिईन् ।

 

उनले भनिन्, ‘हामिले अधिवेशनको निर्णय गरिसकेका छैनौं, आयोगले अधिवेशनका समय मतपत्रका विषयलाई लिएर सामान्य झगडा भएका कारण अधिवेशन स्थगित गरिएको छ ।’

 

तर शर्माले अधिवेशनका समय यस्ता कुरा आइरहनु सामान्य रहेको बताईन् । उनले हार स्विकार्न सक्नुपर्ने बताउदै भनिन्, मैले अत्यधिक मत ल्याएर जितेकी छु, अन्त्यमा २ भोट काउन्ट गर्दा हार्न लाग्यो भनेर मतपत्रमा धाधँली गर्न खोज्नु भएन । मसँग सबै मतपत्र सुरक्षित छन् ।’

 

निर्वाचन आयोगले निर्णय सुनाइ नसकेपनि अत्यधिक मतले लिड गर्दा २ भोट मात्र बाँकी रहेको अवस्थामा आयोगका पदाधिकारी चुपचाप बाहिर निस्किएको उनले बताइन् ।

 

शर्मासँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी गायत्री फुँयालले अधिवेशनका समय त्यस्तो केही धाँधली नभएको बताइन । ‘परिणाम आएको छैन, आयोगले निर्वाचन स्थगित गरेको हो, जेसिसमार्फत आधिकारिक निर्णय भएको छैन’ उनले भनिन् ।

 

स्रोतका अनुसार अधिवेशनका समयभित्र धाँधली गर्ने प्रयास भएको थियो । प्रतिस्पर्धा गरेकी शर्माले अत्यधिक मत सहित विजयी हुने भएपछि केही समय बत्ति गएको थियो । उनी भन्छन्, बत्ती गएको बेला गडबड भएछ ।’ उक्त समयमा प्रत्यासीहरुका आफन्त आएर निर्वाचन बिथोलेको समेत स्रोतले बताएको छ ।

कमेन्टहरु
Loading...