पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।
कोरोनाबाट पछिल्लो पटक ज्यान गुमाउनेमा पोखरा १३ की ७८ वर्षीय महिला हुन् । उनको उपचारका क्रममा आज दिउँसो साढे १ बजे मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनलाई मंसिर १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संखया १ सय ५९ पुगेको छ ।