पोखरा । पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ४५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा २ मा ३९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ वर्षीय १ जना महिला तथा ३७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
७ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ र ७० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ८ मा ४९ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा १० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५४ वर्षीय १ जना महिला तथा ३२ र ३६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ११ मा ३९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १३ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १७ मा ४८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
१८ नम्बर वडामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४९ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २५ मा ३५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २४ वर्षीय १ जना महिला तथा ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा २८ की २८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
यस अगाडि पोखरामा २४, रुपा गाउँपालिकामा २ तथा अन्नपूर्ण गाउँपालिकामा १ सहित कास्कीमा २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो सामाचार तयार पार्दासम्म कास्कीमा ४५ जनालाई संक्रमण पुष्टि भएको छ ।
यता तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ की ४३ वर्षीय महिला हुन् ।
यस्तै स्याङ्जामा ५ जना, मुस्ताङमा २ जना तथा बाग्लुङमा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ५८ पुगेको छ ।