शेयर बजारमा आज नयाँ कीर्तिमान

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा नेप्सेले लगातार ‘बुलिस टे«न्ड’ लाई पछ्याएको छ ।

तर, सीमित संख्यामा शेयर रहेका कम्पनीमा देखिँदै आएको उच्च वृद्धि आज पनि कायम छ । अघिल्ला सातामा जस्तै आज साताको पहिलो दिन बैंकिङ उपसमूह र विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । विसं २०७३ मा कायम भएको उच्च अंकको वृद्धिलाई पछाडि छाड्दै नेप्से आज झण्डै २ हजारको बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अंक हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ७५.०२ बिन्दुले वृद्धि भई १ हजार ९६८.२७ मा पुगेको छ । प्रतिशतका आधारमा आज ३.९६ ले वृद्धि भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१४ प्रतिशत अर्थात् ३८३.९३ मा पुगेको छ । कूल २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ मा कारोबार भयो ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११२.३, विकास बैंक १७३.८४, जलविद्युत् २६.६६ वित्त १२.२७, अन्य ०.२७, लघुवित्त २७.७५, जीवन बीमा २४५.७५ र सामूहिक लगानी कोष ०.०५ ले उकालो लागेको छ ।

यस्तै, व्यापार ३५.३७, होटल ७.६८, जीवन बीमा ४५.५५ र उतपादन ३७.२७ अंकले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार ८ सय ३७ बराबरको कारोबार भयो ।

यस्तै, कुमारी बैंक ४० करोड ८० लाख ६२ हजार ६ सय ५६, नबिल बैंक ३३ करोड ५६ लाख ७ हजार ८ सय ६९, प्रभु बैंक रु ३३ करोड १० लाख ५७ हजार २ सय ६१, नेपाल बैंक ३२ करोड ४५ लाख ३३ हजार, ग्लोबल आइएमई बैंक २७ करोड ९५ लाख ८२ हजार ८ सय ७६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २६ करोड ३९ लाख १२ हजार ६ सय २५, शिवु् सिमेन्ट २३ करोड ९८ लाख ४२ हजार ९ सय ५२ र हिमालयन डिस्टिलरु २३ करोड ८९ लाख ४० हजार ९ सय ३४ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज ग्रीन डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाए । सनराइज बैंक ९.९२, माछापुच्छ्रे बैंक ९.९२, मुक्तिनाथ विकास बैंक ९.९०, मेगा बैंक ९.८९, नेपाल बंगलादेश बैंक ९.८९, महालक्ष्मी विकास बैंक ९.८८ र प्रभु बैंकका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए ।

यसगरी, विशाल बजार कम्पनी १०, आँखु खोला जलविद्युत् कम्पनी ६.२५, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.७९, सनराइज फ्रस्ट म्युचुअल फण्ड ३.७९, पाँचथर पावर कम्पनी ३.२९, ग्लोबल आइएमई लघुवित्त ३.१७, जोशी हाइड्रोपावर ३.१३, महिला सहयात्रा माइक्रोफाइनान्स २.९२ र अजोड इन्स्योरेन्सका लगानीकर्ताले २.८६ प्रतिशतले गुमाए । रासस

कमेन्टहरु
Loading...