पोखरा । पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दोस्रो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु १ का १३ बालिका र १४ वर्षीय बालक सहित १ जना महिला, ४ का १ जना पुरुष, ६ का २ जना महिला, ११ का ८३ वर्षीय महिला, १२ का ६८ वर्षीय पुरुष, १५ का ५० वर्षीय महिला रहेका छन् ।
त्यस्तै पोखरा १६ का ६५ वर्षीय महिला र ६६ वर्षीय पुरुष गरेर २ जना, १७ का ५६ र ६३ वर्षीय २ जना पुरुष, १९ का ४० वर्षीय १ जना पुरुष तथा २९ का ५२ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जाका २ जना तथा तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ९ सय ५७ पुगेको छ ।