दामु अधिकारी उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

चन्द्र ढकाल प्यानलबाट उठेका अधिकारीले उत्तम लाल चुकेलाई पराजित गरेका हुन् ।

महासङ्घको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भई मतगणना शुरु भएको छ ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन ।

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भएको मतदानमा शतप्रतिशत नै मत खसेको निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूह नै बनाएर निर्वाचनमा उत्रनुभएको छ । निर्वाचन समितिले मतगणना शुरु भएको जनाएको छ । निर्वाचन समितिका अनुसार मतगणना शुरु भएकाले आजै अबेरसम्म मत परिणाम आउन सक्नेछ ।

महासङ्घमा वस्तुगततर्फ १०१, जिल्ला/नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका छन् ।

महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।

कमेन्टहरु
Loading...