पोखरामा थप १६ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दास्रो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा १ का ४५ वर्षीय १ जना पुरुष, २ का ३६ वर्षीय पुरुष, ४ का ५२ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै पोखरा ८ का ३ जना महिला तथा १ जना पुरुष, १० का १ जना पुरुष, १२ का २ जना पुरुष, १४ की १ जना महिला, १५ का १ जना महिला तथा १ जना पुरुष, १७ का १ महिला तथा १ जना पुरुष गरेर २ जना र १९ का १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरामा आजै ७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म पोखरामा आज ९० जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा म्याग्दीमा १ जना, स्याङ्जामा १ जना तथा तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ८ सय ४१ पुगेको छ ।

कमेन्टहरु
Loading...