‘कोभिडसँग सधैँ त्रसित भएर बाँच्न सकिँदैन,पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्छ’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका बीच स्वास्थ्य सतर्कता अपनाएर पर्यटनलाई चलायमान बनाउनुपर्ने बताएका छन् ।

पोखरा पर्यटन परिषद्को साधारणसभा तथा ११औँ अधिवेशनको उद्घाटनमा मुख्यमन्त्री गुरुङले कोरोनाको त्रासले बाँधिएर नभइ अब स्वास्थ्य सतर्कतामा ध्यान दिएर पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताए ।

उनले भने, “अब कोभिडसँग सधैँ त्रसित भएर बाँच्न सकिँदैन, सतर्कता अपनाएर पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्छ, पोखरामा पर्यटक आकर्षकका विविध पक्ष भएकाले यसलाई व्यवसायीले प्याकेज बनाएर बेच्न सक्नुपर्छ ।”

उनले पोखराको सौन्दर्यकरण लागि पनि प्रदेश सरकारले महानगरसँग समन्वय गरेर वातावरण मैत्रीपूर्वाधार विकासको लागि पहल गरेको बताए ।

पर्यटन शहरका रुपमा विकास गर्न व्यवस्थित बसपार्क, शिक्षा, खेलकूद, अत्याधुनिक अस्पताललगायत पूर्वाधारमा जोड दिएर पोखरालाई उत्कृष्ट गन्तब्यका रुपमा अन्तरराष्ट्रिय जगतमा चिनाउन प्रदेश सरकारले योजना ल्याएको उनले जानकारी दिए

मुख्यमन्त्री गुरुङले कोरोनाको मारमा परेका व्यवसायीलाई प्रदेश सरकारबाट विनियोजित एक अर्बको व्यावसायिक जीवन रक्षा कोष कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताए ।

फेवाताल सिमाङ्कनको विषयमा मुख्यमन्त्री गुरुङले भने, “फेवातालको नक्साङ्कन तीन महिनाभित्रै सकिन्छ र मुआब्जालगायत प्रक्रियाा अघि बढ्छ । त्यसैगरी सबैको चासोको विषय रहेको रत्न मन्दिर र हिमागुह खोल्ने सन्दर्भमा पनि काम पूरा भएका छन् । अबको केही महिनामा नेपाल ट्रष्टबाट प्रदेशलाई हस्तान्तरण हुनेछ ।”

पूर्वाधार निमार्णका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको जनाउँदै उनले विकास निर्माणमा कठिनाइ भएको उल्लेख गरे ।

उहाँले कर्मचारीतन्त्रले मन दिएर काम गर्न नसक्दा सरकारको काम देखिन नसकेको गुनासो गर्नुभयो । उनले भने, “सरकारको काम कहिले जाला घाम भन्ने प्रवृत्तिको अन्त्य हुन सकेन, प्रभावकारी संयन्त्रको जरुरी देखियो ।”

उनले कोभिड–१९ मा आर्थिक अवस्था कमजोर भएकालाई सरकारी अस्पतालमा उपचार सहज रहेको जनाउँदै निजी अस्पतालले गरेको बदमासीलाई सरकारसँग जोड्न नमिल्ने बताए ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड–१९ का कारण मूर्छित् अवस्थामा रहेका पर्यटन व्यवसायीलाई बौराउन मौद्रिक नीतिको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

फेवातालको सिमाङ्कनको विषय छिटोभन्दा छिटो टुङ्ग््याएर अनिर्णय बन्दिजस्तै बनेका व्यसायीलाई मुुक्त गराउनुपर्ने उनको भनाइ थियो ।

परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले पर्यटन विकासका लागि दीर्घकालिन सोचसहित समय सापेक्ष विकासमा जोड दिनुपर्ने बताए ।

उनले सरकार भएको अनुभूति गराउन व्यवसायीलाई मौद्रिक नीति कार्यान्वयन गरी सहज वातावरण गराउन आग्रह गरे ।

परिषद्का उपाध्यक्ष गोपी भट्टराईले कोभिड–१९ को कारण पर्यटन व्यवसायी पलायन हुने अवस्थामा रहेको जनाउँदै सरकारले अभिभावकको भूमिका पूरा गर्न नसकेको बताए ।

राहत प्याकेजका कार्यक्रम भाषणमा मात्र सीमित हुँदा व्यवसायी झन् मर्कामा परेको उनको भनाइ थियो ।

परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले कोभिड–१९ असहज परिस्थितीबाट गुज्रेको पर्यटन क्षेत्रलाई धरासायी हुन नदिन सरकारले अघि सारेका राहत कार्यक्रमको कार्यान्वयनलाई जोड दिन आग्रह गरे ।

सो अवसरमा नागरिक दैनिकका गण्डकी प्रदेश प्रमुख सन्तोष पोखरेललाई समाचारको माध्यमबाट पर्यटन प्रवद्र्धन योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।

त्यसैगरी परिषद्का स्थापनाको २५ वर्षको अवसरमा संस्थाका पूर्वअध्यक्ष एवं संस्थाको संस्थागत विकासमा भूमिका खेल्ने व्यत्तित्वसमेतलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...