पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा विगत लामो समयदेखि आंशिक शिक्षकहरुले क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु राखेर प्रशासनमा गरिएको तालाबन्दीले विद्यार्थीहरुको पढ्न पाउने अधिकार हनन् भएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । पटक–पटक छलफल, बैठक तथा सल्लाह गर्दा समेत त्यसको बेवास्ता गरेर आन्दोलनका नाममा विद्यार्थीहरुको पठनपाठन प्रक्रिया रोक्ने काम भन्दै भन्दै विद्यार्थी संगठनहरुले विरोघ जनाएका हुन् ।
अनेरास्ववियुका कार्यवहाक अध्यक्ष सन्तोष न्यौपाने, अनेरास्ववियु क्रान्तिकारीका सचिव सन्तोष बास्तोला तथा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य विशाल तिमिल्सिनाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दैै क्याम्पसको प्रशासनमा लामो समयदेखि गरिएको तालाबन्दीले विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको जनाएका हुन् ।
साथै विज्ञप्तिमार्फत् बिहीबार पृथ्वीनारयण क्याम्पसमा सक्रिय सम्पूर्ण विद्यार्थी संगठनहरुको बैठकले मंसिर १५ गते क्याम्पसको प्रयोगशाला भवनमा सम्बन्धित सबै पक्षलाई बैठकका लागि आह्वान गरेको छ । १५ गतेको बैठकमा समेत कुनै निष्कर्ष निकाल्न नसकेको अवस्थामा आफूहरु चरणबद्ध आन्दोलनमा जाने विद्यार्थी संगठनहरुले विज्ञप्तिमार्फत् चेतावनी दिएको छ ।
‘मिति २०७७ मंसिर ११ गते क्याम्पसमा सक्रिय सम्पूर्ण विद्यार्थी संगठनहरु बैठक बसी मिति २०७७ मंसिर १५ गते ११ बजे पृथ्वीनारायण क्याम्पस, प्रयोगशाला भवनमा सम्बन्धित पक्ष्इालाई छलफलका लागि यसै विज्ञप्तिमार्फत् आह्वान गर्दछौं ।’ विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘साथै उक्त बैठकबाट समेत निष्कर्ष निकाल्न नसकेमा संयुक्त विद्यार्थी संगठन चरणबद्ध आन्दोलनमा जान बाध् हुने जानकारी गराउँदछौं ।’