पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २ का ५९ वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मंसिर १० गते निधन भएको हो । उनलाई मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा ३३ की १ जना महिलाको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ६६ वर्षीय संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज ज्यान गएको हो । उनलाई मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४६ पुगेको छ ।
यता गण्डकी प्रदेशमा थप ३ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु नवलपरासी पूर्वका रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ५ सय ५६ पुगेको छ ।