पोखरा । १३ वर्षीय आफ्नै छोरीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले मंसिर ९ गते ३९ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ ।
आरोपितले मंसिर ६ गते पोखराको एक होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने मंसिर ७ गतेको जाहेरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
आरोपितले नावालिग छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र मंसिर ६ गते होटलमा लगि जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जर्वजस्ती करणी गरेका थिए।
आरोपित विरुद्ध कास्की जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले जानकारी दिए ।