पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा प्रदेशका ४ जिल्लाका १३ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ६ जना कास्की जिल्लाका रहेका छन् । पोखरा महानगरपलिका वडा नम्बर ८ का १ जना , वडा नम्बर ११ का ३ जना, वडा नम्बर १७ का १ जना र माछापुच्छ«े गाँउपालिका वडा नम्बर ४ का १ जना पुरुष गरि जिल्लामा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यता तनहुँमा ५ जना कोरोना संक्रमति थपिएका छन् । व्यास नगरपालिकामा २ जना , घिरिङमा २ जना र भिमादमा १ जना गरि जिल्लामा थप ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै गोरखामाा थप १ जनामा संक्रमण पुष्टि भएको छ । यता पर्वत जिल्लामा पनि थप १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमतिको संख्या ११ हजार ५ सय ५३ पुगेको छ ।