पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा प्रदेशका ३ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ९ जना कास्की जिल्लाका रहेका छन् ।
पोखरा महानगरपलिका वडा नम्बर ६ ,८,१०,१२,१८ र ३२ मा गरि जिल्लामा ९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै तनहुँ व्यास नगरपालिकामा थप १ जनामा संक्रमण पुष्टि भएको छ । यता स्याङ्जा जिल्लामा पनि थप १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमतिको संख्या ११ हजार ५ सय ४० पुगेको छ ।