पोखरा । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाईफ केयर प्रालिमा गरिएको परिक्षणमा प्रदेशका २ जिल्ला गरि थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये १९ जना पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै तनहुँको व्यास नगरपालिकामा थप ३ जनामा संक्रमण भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय २९ पुगेको छ ।