गण्डकी प्रदेशमा थप ७ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा प्रदेशका २ जिल्लामा संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये ६ जना नवलपरासीका रहेका छन् । देवचुली नगरपालीकामा ३ जना, गैंडाकोटमा २ जना र देवचुलीमा १ जना गरि जिल्लामा थप ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै यता गोरखा जिल्लाको गोरखा नगरपालिकाका वडा नम्बर ७ का १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ८६ पुगेको छ ।

कमेन्टहरु
Loading...