पोखरा । पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उलपब्ध गराएको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा ५ का २ जना, ६ का १ जना, ८ का १ जना, ९ को १ जना, १० को १ जना, ११ का १ जना, १२ का १ जना तथा १६ का १ जना रहेका छन् ।
स्याङ्जामा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ५८ वर्षीय महिला हुन् । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै तनहुँका २ जना तथा नवलपरासीका ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ४ सय ७९ पुगेको छ ।