गन्थन डेस्क
पोखरामा आज धर्म रक्षा, राष्ट्र रक्षा, हिन्दु राष्ट्र पुनस्र्थापनालगाएतको माग गर्दै आयोजना गरिएको सभामा अभियन्ता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दिउँसो ३ बजे चिप्लेढुंगामा हुने कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सभास्थलमा सुरक्षा दिएका छन् ।
नेपाली जनता जागौ, राजा ल्याऔं देश र धर्मको रक्षा गरौं भन्ने नाराका साथ हुन लागेको कार्यक्रममा कडा सुरक्षाको व्यवस्था गरिएको हो । सभामा पोखराका विभिन्न स्थानबाट करिब ३ हजारको संख्यामा मोटरसाइकल र्याली र जुलुुको सहभागिता हुँदैछ ।
राजावादीहरुको राजतन्त्र पक्षधरहरुले आयोजना गरेको मोटरसाईकल तथा कार ¥याली भर्खरै सुरु भएको छ ।
शहरका विभिन्न स्थानको परीक्रमा गरी ¥याली चिप्लेढुङ्गाको मानवअधिकार चोकमा आई कोण सभामा परीणत हुने जनाईएको छ । विश्वस्त सुत्रका अनुसार सभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत र अभियन्ता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने बताईएको छ ।