कोरोना भाइरस संक्रमणबाट पोखरा १० का ७६ वर्षीय पुरुषको निधन

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप १ जनाको निधन भएको छ ।

पोखराको वडा नम्बर १० का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ४ बजेर ४० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४२ पुगेको छ ।

यता पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको तस्रो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा १० का १९ र ४४ वर्षीय २ जना महिला, ११ का ५७ र ६२ वर्षीय २ जना पुरुष, पोखरा २६ की ५२ वर्षीय १ जना महिला तथा ३२ की ३० वर्षीय १ जना महिला रहेकी छिन् ।

यससंगै कास्कीमा यो समाचार तयार पार्दासम्म ५८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११ हहार ४ सय १४ पुगेको छ ।

कमेन्टहरु
Loading...